सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतको सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न

भारतको सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न

  • मिडिया डबली
  • शुक्रवार, जेठ २६ २०८०

  • 1.7K
    SHARES

  • भारतको सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न

    काठमाडौँ- भारतको पश्चिम बंगालस्थित सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न भएको छ ।

    कोलकातास्थित महावाणिज्य दुतावास कार्यालयको आयोजनामा भएको कार्यक्रममा पुर्वी नेपाल र पुर्वोत्तर भारतका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा कोलकातास्थित महावाणिज्यदुत ईश्वरराज पौडेलले काँकरभिट्टा र पशुपतिनगरको अध्यागमनलाई सहज बनाउन भारतलाई पत्राचार गरिएको बताए ।

    भारतको एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिज्मका अध्यक्ष राज बसुले नेपाल भारतको सीमा क्षेत्रमा रहेको पर्यटनका सम्भावनाहरुलाई उजागर गर्न संस्कृति, प्रकृति र एड्भेन्चरलाई अगाडि बढाउनुपर्ने जानकारी दिए ।

    यसैबीच ‘चलो इलाम’ भन्ने नारासहित भारतको पश्चिम बंगाल र सिक्किमका पर्यटकलाई इलामका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी गराउन व्यवसायीहरुको टोली सीलिगुडि पुगेको छ । उक्त टोली शुक्रबार सिक्किमको नाम्ची जाने कार्यक्रम रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २६ २०८०११:५७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend