आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एलजी ओलेड टिभी एक दशकसम्म शीर्ष स्थानमा

एलजी ओलेड टिभी एक दशकसम्म शीर्ष स्थानमा

  • मिडिया डबली
  • बुधवार, जेठ २४ २०८०

  • 2.3K
    SHARES

  • एलजी ओलेड टिभी एक दशकसम्म शीर्ष स्थानमा

    काठमाडौँ - सन् २०२३ को पहिलो त्रैमासिकमा बजारमा एलजी ओलेड टिभी अरु प्रतिस्पर्धी ब्राण्डहरु भन्दा अघि रहेर शीर्ष स्थानमा रहेको छ ।

    १३० भन्दा बढी राष्ट्रहरुमा बिक्री भइरहेको एलजी ओलेड टिभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध रहँदै आएको छ । गत वर्ष एलजी ओलेड टिभीहरुको संचित कुल ढुवानी (२०१३ मा उपलब्ध भए देखि) १५ मिलियन एकाइको आँकडा नाघेको थियो ।

    जसकारण यो कोसेढुङ्गा पुग्ने एलजी पहिलो टिभी ब्राण्ड भएको बताइएको छ । एलजीले पहिलो त्रैमासिकमा ७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टिभीहरुको बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

    कम्पनीले ९७ इन्चको एलजी सिग्नेचर ओलेड एम (मोडल एम३) जस्ता इन्डस्ट्री–लिडिङ सोलुसन्सहरुको साथ अल्ट्रा–लार्ज प्रिमियम टिभी खण्डमा आफ्नो बलियो स्थितिलाई सुदृढ गर्दैछ, जुन मोडल विश्वकै पहिलो कन्ज्युमर टिभी हो ।

    जसले ४के १२० हर्जसम्मको रियल–टाइम भिडियो र अडियो ट्रान्समिसन उपलब्ध गराउने जनाइएको छ। पहिलो त्रैमासिकमा एलजीको ओलेड टिभी र एलसिडी टिभीको संयुक्त ढुवानी लगभग ५.५ मिलियन एकाइहरु थिए ।

    जसमा ओलेड टिभीको हिस्सा मात्र ७३८,००० एकाइ थियो । यसबाहेक, एलजीले २०२३ को पहिलो त्रैमासिकमा आम्दानीको आधारमा विश्वव्यापी टिभी बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ ।

    गत वर्षको यही त्रैमासिकको तुलनामा कम्पनीको विश्वव्यापी टिभी बजार हिस्सा थोरै घटेको छ । यसको प्रमुख कारण भनेको विश्वव्यापी बजारमा आएको मागको कमि र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेको नै भएको बताइएको छ ।

    तैपनि एलजी ओलेड टिभीको बिक्री सशक्त रहेको छ जुन कम्पनीको २०२३ को पहिलो त्रैमासिकमा टिभी बिक्रीको ३० प्रतिशत भन्दा बढी रहेको छ । पहिलो त्रैमासिकमा विश्वव्यापी टिभी ढुवानी घटेर ४६.५२ मिलियन एकाइ पुगेको छ ।

    जुन २००९ को यही त्रैमासिकमा देखिएको थियो । यद्यपि, २०२३ को तेस्रो त्रैमासिकसम्ममा यसमा सुधार आउनेमा ओमिडा आशावादी रहेको छ र वर्षको अन्त्यसम्ममा ढुवानी बढेर २०५.५१ मिलियन एकाइ पुग्ने प्रक्षेपण गरेको छ ।

    ओलेड टिभी सेग्मेन्टले पनि यस वृद्धिको फाइदा उठाउने आशा रहेको छ । २०२२ मा ३६.७ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्षको अन्त्यसम्ममा ओलेड टिभीले प्रिमियम टिभी बजारको ४६.१ प्रतिशत राजस्वमा संकलन गर्ने ओमिडाले प्रक्षेपण गरेको छ ।

    विगत केही वर्ष देखि ओलेड टिभी बजारमा प्रतिस्पर्धा बढेकोले गर्दा ओलेड टिभीहरुको बजार बढ्ने आँकलन गरिएको छ । एलजीले विभिन्न स्कृन साइजहरु – ४२ देखि ९७ इन्चसम्म ८के र ४के अप्सनहरु र छनौट गर्नको लागि प्रिमियम डिजाइनहरु सहितको ओलेड टिभीहरु बजारमा लिएर आएको छ ।

    सहज र सुविधायुक्त फिचरहरु रहेको एलजी टिभीहरुले ग्राहकलाई विशेष अनुभव प्रदान गर्दछ । ११ वर्ष देखि एलजी ओलेडले वार्षिक सिइएस इन्नोभेसन अवार्डमा सम्मानित भएको छ र थुप्रै “बेस्ट टिभी अफ द यिअर” को उपाधि प्रमुख छापाखानाहरुबाट पनि पाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २४ २०८०११:०४:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend