आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गौर नरसंहारविरुद्धको मुद्दामा आज सुनुवाइ, अदालतमा मुद्दा परेपछि तनावमा उपेन्द्र

गौर नरसंहारविरुद्धको मुद्दामा आज सुनुवाइ, अदालतमा मुद्दा परेपछि तनावमा उपेन्द्र

  • मिडिया डबली
  • सोमवार, जेठ २२ २०८०

  • 7.6K
    SHARES

  • गौर नरसंहारविरुद्धको मुद्दामा आज सुनुवाइ, अदालतमा मुद्दा परेपछि तनावमा उपेन्द्र

    काठमाडौं - गौर हत्याकाण्डको १७ वर्षपछि दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई बिपक्षी बनाएर दायर रिटमा सोमबारदेखि सुनुवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

    शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

    मारिनेमा सबै माओवादी कार्यकर्ता थिए । सो घटनामा स‌‌ंलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको थियो ।

    तर जिप्रका रौतहटले उजुरी सम्बोधन नगरेपछि सो घटनाका पीडित तथा आफान्तहरु सर्वोच्च अदालत पुगेका हुन्। १७ वर्षपछि गौर नरसंहारमा आफूसहित १३० जनालाई कारबाहीको माग गरिएपछि उपेन्द्र तनावमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend