आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फिल्मी शैलीमा हतियार देखाएर बैंकबाट ३५ लाख लुटपाट

फिल्मी शैलीमा हतियार देखाएर बैंकबाट ३५ लाख लुटपाट

  • मिडिया डबली
  • मंगलवार, जेठ १६ २०८०

  • 5.5K
    SHARES

  • फिल्मी शैलीमा हतियार देखाएर बैंकबाट ३५ लाख लुटपाट

    काठमाडौं - फिल्मी शैलीमा महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ।

    महोत्तरी गाउँपालिका–२ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चारजनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाखभन्दा बढीको रकम बैंकबाट लुटेर भागेको छ। दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहले कर्मचारीलाई हतियार देखाउँदै लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

    मास्क लगाएर बैंक प्रवेश गरेका उनीहरुले लुटपाट गर्दै दुईतिर भागेको जनाइएको छ। प्रहरी उपरीक्षक मल्लले सर्च अभियान सुरु गरिसकिएको बताए। सिसिटिभी हेरेर लुटेराको पहिचान गर्ने कामसमेत भइरहेको जनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १६ २०८००४:२९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend