शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको बिशेष

राष्ट्रपति पौडेललाई प्रयोग गरेर आफ्नो मिसन पूरा गर्न प्रचण्ड सफल, कांग्रेसको साखमा धक्का

राष्ट्रपति पौडेललाई प्रयोग गरेर आफ्नो मिसन पूरा गर्न प्रचण्ड सफल, कांग्रेसको साखमा धक्का

  • मिडिया डबली
  • सोमवार, जेठ १५ २०८०

  • 3.4K
    SHARES

  • राष्ट्रपति पौडेललाई प्रयोग गरेर आफ्नो मिसन पूरा गर्न प्रचण्ड सफल, कांग्रेसको साखमा धक्का

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई प्रयोग गरेर आफ्नो मिसन पूरा गर्न सफल भएका छन् ।

    जेठ ४ गते प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर प्रचण्डले सगर्व जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई रिहाइ गर्न सरकारले कागजपत्र तयार पारिरहेको घोषणा गरेका थिए ।

    त्यसबेलै सबे जेठ १५ गते गणतन्त्र दिवसको दिन रेशमलाई आममाफी दिइँदैछ भन्ने धेरैले अनुमान गरिसकेका थिए ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेको आममाफीको पत्र राष्ट्रपति पौडेलले सुरुमा नेपालको संविधान र कानुनअनुसार गर्नु भनेर गृह मन्त्रालय पठाइदिएका थिए । प्रचलित कानुनअनुसार गर्नु भन्ने सुझाव राष्ट्रपतिको थियो ।

    त्यसपछि गृहले आवश्यक बुँदा थपेर मन्त्रिपरिषद् पठायो । मन्त्रिपरिषद्ले तत्काल पारित गरेर आममाफीका लागि राष्ट्रपति कार्यालय पठायो । राष्ट्रपति पद आलंकारिक हो । राष्ट्रपतिलाई स्वविवेकमा निर्णय गर्ने अधिकार हुन्न ।

    नेपाल सरकारले जे निर्णय गरेर दियो, त्यो स्वीकृत गर्ने काम राष्ट्रपतिको हुन्छ । यही कमजोरीलाई टेकेर प्रचण्ड आफ्नो मिसन पूरा गर्न सफल भएका हुन् । आममाफी भनेको सजाय माफी होइन ।

    बाँकी सजाय माफी हो । त्यसैले रेशम अहिले पनि टीकापुर काण्डका दोषी नै हुन् । केपी ओली प्रधानमन्त्री भएका बेला रामहरि श्रेष्ठ हत्याका अभियुक्त बालकृष्ण ढुंगेललाई पनि यसरी नै राष्ट्रपतिबाट आममाफी दिएर छुटाइएको थियो ।

    तर दुर्भाग्य उनी लामो समयसम्म यो भौतिक संसारमा रहन सकेनन् । उनी घरमै मृत अवस्थामा फेला परेका थिए । राज्यशक्तिलाई दुरुपयोग गरेको चर्चित घटना हो रेशम चौधरी र बालकृष्ण ढुंगेललाई आममाफी दिइनु ।

    पहिले एमाले र अहिले माओवादी सत्तामा हुँदा राज्यसत्ताको दुरुपयोग भएको छ । दुवै घटनाको फट्के किनाराको साक्षा नेपाली कांग्रेस बनेको छ । आफ्नै पार्टीबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेललाई प्रयोग गरेर प्रचण्डले कांग्रेसको साख गिराउँदै लगेका छन् ।

    हिजो एमाले र माओवादीको सरकार हुँदा पनि रेशमलाई आममाफी दिने प्रयत्न नगरिएको होइन । केपी ओली त्यसबेला असफल भएकै हुन् । ओलीले पटकपटक रेशम चौधरीमाथि मुद्दा लगाउन जायज होइन भन्दै आएका हुन् ।

    उनले बोलेका कुरा अहिले पनि मिडियामा सुरक्षित पाइन्छ । ओलीकै महान्यायाधिवक्ता रमेश बडालले रेशमलाई छुटाउन महान्यायाधिवक्ता कार्यालयबाट पत्र तयार पारेका थिए ।

    अबका दिनमा प्रचण्डले राष्ट्रपतिलाई प्रयोग गरी आफ्ना धेरै नेता कार्यकर्तालाई आममाफी दिने खतरा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ४ २०७९१०:२०:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend