आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सांसदको अभिव्यक्ति रोक्न खोजेकामा शेखर कोइरालाको आपत्ति

सांसदको अभिव्यक्ति रोक्न खोजेकामा शेखर कोइरालाको आपत्ति

  • मिडिया डबली
  • आइतवार, जेठ १४ २०८०

  • 3.9K
    SHARES

  • सांसदको अभिव्यक्ति रोक्न खोजेकामा शेखर कोइरालाको आपत्ति

    काठमाडौं-  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन प्रमुख तीन दलका नेताले गरेका सहमतिप्रति आपत्ति जनाएका छन् ।

    शीर्ष नेताले गरेका सहमतिलाई संसद् सचिवालयले सोहीअनुरुप गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

    कोइरालाले संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला, तर यो देशमा आमजनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझ्न आग्रह गरेका छन् ।

    ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोहीअनुरुप कार्य गर्ने ।

    सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियतता कति दिन ढाक्न सकिएला र ? हामी हाम्रो सांसदको गरिमालाई कता लैजाँदैछौं ।

    के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ? संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला, तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन भन्ने कुरा बुझौं,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    प्रतिनिधिसभा बैठकमा माओवादी सांसद राजन दाहालले केपी ओली प्रधानमन्त्री हुँदा पशुपति मन्दिरको सुनको जलहरीमा भ्रष्टाचार भएको भन्दै अभिव्यक्ति दिएका थिए ।

    सो अभिव्यक्ति हटाउन भन्दै एमालेले संसद् अवरोध गरेपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले त्यस्तो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भएको थियो ।

    र, शनिबार बसेको संसद् बैठकले सो रेकर्ड हटाएको थियो । सोही विषयप्रति कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend