काठमार्डौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ ।
उनलाई प्रहरीले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ।
मियाँले बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ।
मियाँलाई माओवादीले हज कमिटीमा नियुक्त गरेको थियो । उनी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी निकट व्यक्ति हुन् ।
रायमाझी र डा.इन्द्रजित राईको काम सबै मियाँमार्फत गराउने गरेको प्रहरीले रहस्य फेला पारेको छ । प्रहरीले शरणार्थी प्रकरणका मुख्य डिजाइनर टोपबहादुर र इन्द्रजित राई रहेको प्रारम्भिम अनुमान गरेको छ ।
शरणार्थी प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए।
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी गरिएका निरज राई र प्रतीक थापा फरार रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।