आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड छाडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीको देशलाई लोडसेडिङ उपहार

प्रचण्ड छाडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीको देशलाई लोडसेडिङ उपहार

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७

  • 7.5K
    SHARES

  • प्रचण्ड छाडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीको देशलाई लोडसेडिङ उपहार

    काठमाडौं - मुलुकमा पुनः लोडसेडिङ हुने संकेत देखिएको छ । त्यसको सुरुवात जुम्ला जिल्लाबाट सुरु भएको छ ।

    केही दिनअघि नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब मुलुकमा लोडसेडिङ कसैले चाहेर नहुने दाबी गरेका थिए । तर, उनले त्यसो भनेको एक साता नबित्दै जुम्लामा लोडसेडिङको तालिका प्रकाशन भएको छ ।

    नेपाल विद्युत प्राधिकरण जुम्ला केन्द्र वितरण केन्द्रले लोडसेडिङ तालिका प्रकाशित गरेको हो । अघोषित रुपमा काठमाडौंमा लोडसेडिङ सुरु भएको भन्दै गर्दा जुम्ला वितरण शाखाले भने औपचारिक रुपमा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ गर्ने भएको हो ।

    उक्त वितरण केन्द्रद्वारा बिजुली वितरित क्षेत्रलाई २ भागमा विभाजित गरी लोडसेडिङ तालिका प्रकाशित गरिएको हो । समूह (क) मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्र छन् ।

    यसैगरी समूह (ख) मा विजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाउँ र बसपार्क रहेको प्राधिकरणले जानकारी दिएको छ । समूह (क) मा बेलुका साढे ९ देखि १२ बजे र १२ देखि १२ः३० सम्म २ पटकमा गरी ३ घण्टा र समूह (ख) मा दिउँसो १२ः ३० देखि २१ः३० सम्म गरी दैनिक ९ घण्टा लोडसेडिङ हुनेछ । प्रत्येक साता समूह परिवर्तन हुनेछ अर्थात् यो साता समूह (कं मा रहेको क्षेत्र अर्को साता समूह (ख) मा पर्ने प्राधिकरणले जनाएको छ ।

    केही दिनअघि मात्र उपत्यकामा झ्याप्प–झ्याप्प बत्ती जान थालेपछि सरकारको चौतर्फी विरोध सुरु भएको थियो । नेपालमा लोडसेडिङ अन्त्य भएको लामो समयपछि तालिका नै प्रकाशित गरेर लोडसेडिङ हुन लागेको हो ।

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विदाईसँगै लोडसेडिङ हुने चर्चा पनि बढेको छ । अहिले टोपबहादुर रायमाझी ऊर्जामन्त्री छन् । उनी मुलुकमा १८ घन्टा लोडसेडिङ हुँदा जलस्रोतमन्त्री थिए ।

    उनकै पालामा नेपालमा इन्भर्टर र जेनेटर बडी आयात भएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी ओलीको नेकपामा लागेदेखि नै टोपबहादुरले फेरि मुलुकलाई लोडसेडिङ गर्ने अनुमान गरिएको थियो । जसलाई टोपबहादुरले पूरा गर्ने छनक देखाएका छन् ।

    कुलमान घिसिङको नियुक्तिपछि हटेको लोडसेडिङ पहिलोपटक तालिकासहित सार्वजनिक भएपछि नेपाली जनता कम्युनिस्ट सरकारप्रति आक्रोशित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १५ २०७७११:३१:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend