काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् ।
रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए । माओवादी पृष्ठभूमिका रायमाझीले प्रचण्डको साथ छोडेपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्री नियुक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।