काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
आइओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजलमा ८ रुपैयाँ १३ पैसाका दरले घटाएर मूल्यसूची पठाएको निगमले जनाएको छ । आईओसीले अन्तर्राष्ट्रिय मूल्यको आधारमा निगमलाई १५–१५ दिनमा नयाँ मूल्य पठाउने गर्दछ ।
अघिल्लो पटक पनि भारतबाट इन्धनमा मूल्य घटेर आएको थियो । तर सञ्चिति नोक्सानी देखाउँदै निगमले मूल्य समायोजन गरेको थिएन ।
यसपटक भने केही मात्रामा मूल्य घटाउने गृहकार्य भइरहेको निगम स्रोतले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँ पर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।