काठमाडौं - एमाले नेता टोपबहादुर रायमाझी बयान दिन सरकारी वकिलको कार्यालयमा पुगेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका उनलाई प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।
वैशाख २० गते आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएका थिए । प्रहरीले ११ दिनपछि आइतबार बुढानिलकण्ठको पासिकोटबाट पक्राउ गरेको थियो ।
सरकारी वकिलको कार्यालयमा जाने बेला प्रहरीको गाडीबाट झरेपछि रायमाझी हात हल्लाउँदै भित्र बसेका थिए । फरार हुँदा बिरामी भएको र अस्पतालमा उपचार गराइरहेको बताएका टोपबहादुर सोमबार बयान दिन जाँदा हँसमुख देखिएका थिए ।
उनले प्रहरीलाई छोरा सन्दीप पक्राउ परेपछि मन बिग्रिएर आफू फरार भएको बयान दिएका छन् । उनी भारतमा १० दिन बसेर नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं आएका थिए ।
रायमाझीको बिचौलिया समूहसँग बसउठ भएको, सघाएको, उनका छोरा सन्दीपले पैसा बुझेको फेला पारेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।