आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अनुसन्धानको हद म्याद तोकेर भ्रष्टाचार सामसुम पार्ने यी दुई शीर्षको प्रपञ्च

अनुसन्धानको हद म्याद तोकेर भ्रष्टाचार सामसुम पार्ने यी दुई शीर्षको प्रपञ्च

  • मिडिया डबली
  • सोमवार, जेठ १ २०८०

  • 3.0K
    SHARES

  • अनुसन्धानको हद म्याद तोकेर भ्रष्टाचार सामसुम पार्ने यी दुई शीर्षको प्रपञ्च

    काठमाडौं - ११ दिनदेखि फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी आइतबार पक्राउ परे । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई एमालेले सचिवबाट निलम्बन गरिसकेको छ ।

    कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण घरमै पक्राउ पर्नु तर रायमाझी चाहिँ फरार हुनुले एमाले अध्यक्ष केपी ओलीको भूमिका प्रमुख मानिएको छ ।

    आफ्ना पार्टीका सचिव मात्र होइन, उपाध्यक्ष रामबहादुर थापा बादल र आफ्नै स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेमकुमार राई पनि अनुसन्धानको घेरामा परेपछि ओलीमा छटपटी बढेको पुष्टि हुँदै गएको छ ।

    त्यो लहरो तान्दा आफैंतिर सोझिने भएपछि ओलीले तारान्तार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ठगीकाण्ड सामसुम पार्ने प्रयास भएको देखिएको छ ।

    टोपबहादुरले आफू जोडिने सबै प्रमाण नष्ट गरेपछि मात्र प्रहरी नियन्त्रणमा आएका आशंका गरिएको छ । ओलीले प्रचण्डलाई भेटेर भ्रष्टाचार र ठगीकाण्डको हद म्याद तोक्न लगाएका छन् ।

    सोहीअनुसार नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयलाई चार दिनभित्र अनुसन्धान सकेर मुद्दा दर्ता गर्न भन्नुले यसमा जोडिएका हाइप्रोफाइल अन्य नेतालाई उन्मुक्ति दिन ओली र प्रचण्डको रणनीति भएको बताइन्छ ।

    पक्राउ परेका विचौलिया गोविन्द चौधरी र रामशरण के.सीले ठूलो रकम ओली र राधिका शाक्यलाई घरमै लगेर बुझाएको बयान दिएका छन् ।

    बादल, उनका छोरा प्रतीक र अख्तियार प्रमुख राई निश्चित रूपमा अभियुक्त हुन सक्ने देखिएपछि हद म्याद तोकिएको सबैले बुझेका छन् ।

    भ्रष्टाचार काण्डको फाइल खोल्छु भन्ने प्रधानमन्त्री प्रचण्ड नै हद म्याद तोक्न राजी भएपछि उनी पनि आफू पनि तानिन सक्ने भयमा छन् । किनभने लडाकु शिविर भ्रष्टाचार काण्डमा साढे चार अर्ब हिनामिना भएको खुलिसकेको छ ।

    अहिले जनताले तीस वर्षदेखिका सबै फाइल खोल्न माग गरेका छन् । काण्डहरु कहिल्यै पुराना हुँदैनन्। देशद्रोह, भ्रष्टाचार र अनियमितता कहिल्यै पुराना हुँदैनन्। त्यसैले नागरिक आन्दोलनमा जुर्मुराएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १५ २०७७०६:५४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend