आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सेनाको हतियार खरिदमा आफ्नो नाम जोडिएपछि रक्षामन्त्री खड्का फायर

सेनाको हतियार खरिदमा आफ्नो नाम जोडिएपछि रक्षामन्त्री खड्का फायर

  • मिडिया डबली
  • सोमवार, बैशाख २५ २०८०

  • 4.1K
    SHARES

  • सेनाको हतियार खरिदमा आफ्नो नाम जोडिएपछि रक्षामन्त्री खड्का फायर

    काठमाडौं - नेपाली सेनाको हतियार खरिदमा आफ्नो नाम जोडिएर समाचार आउन थालेपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का फायर भएका छन् ।

    उनले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । खड्का चैत १७ गते मन्त्री बनेका थिए । सेनाले हतियार खरिदको प्रक्रिया धेरै अघि बढाएको थियो ।

    सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तीमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता अस्वीकार गरेका हुन् ।

    ‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’

    नेपाली सेनाले ६ अर्व वरावरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गरेको छ । सेनाले चीनबाट २६ एपिसी, ७२ वटा टयाक्टिकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०७:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend