आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एकैपटक एमालेका दुई सांसद फरार

एकैपटक एमालेका दुई सांसद फरार

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २२ २०८०

  • 4.1K
    SHARES

  • एकैपटक एमालेका दुई सांसद फरार

    काठमाडौं - नेपालमा क्रियाशील रहेका राजनीतिक पार्टीमध्ये एमाले भ्रष्टाचारको दलदलमा फसेको पार्टी हुन पुगेको छ ।

    कुनै समय नेपाली कांग्रेसका नेताहरूलाई मात्र भ्रष्टाचार मुद्दा लाग्ने गथ्र्यो । तत्कालीन अख्तियार प्रमुख सूर्यप्रसाद उपाध्यायलाई प्रयोग गरेर कांग्रेसका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेको राजनीति सिध्याइयो ।

    कांग्रेसमा लामो समय राजनीति गरेर पछि मधेसी जनअधिकार फोरममा रहेका जेपी गुप्तालाई राजनीतिक पूर्वाग्रह साँधेर भ्रष्टाचारी ठहर गरियो । त्यसपछि उनको राजनीति नै सकियो ।

    अब पालो एमालेको आए जस्तो छ । यदि एमाले नेताहरू सरकारमा रहँदा गरेका भ्रष्टाचारका फाइल खुलेमा धेरै नेता सोत्तर हुने अवस्था छ ।

    ईश्वर पोखरेल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल, लक्ष्मी कोइरी, नवराज सिलवाललगायत धेरै नेतामाथि भ्रष्टाचार मुद्दा लाग्न सक्छ ।

    सोही कारण पनि मुद्दा प्रभावित पार्न एमाले अध्यक्ष केपी ओलीले प्रेमकुमार राईलाई अख्तियार पठाएर पार्टीका नेता जोगाउन लागिपरेको प्रस्टै देखिएको छ ।

    यतिबेला एमालेका दुई बहालवाला सांसद फरार छन् । एकजना हत्या आरोपमा र अर्का ठगीधन्धामा फरार रहेका हुन् । कोइरी महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

    उनीमाथि सशस्त्र प्रहरी जवान थमन विकको हत्या आरोपमा उच्च अदालत जनकपुरले जेल सजाय सुनाएको छ । हत्या आरोप लागेकै बेला ओलीले कोइरीलाई एमाले प्रवेश गराई टिकट दिएका थिए ।

    कोइरीको सांसद पद निलम्बन भइसकको छ भने प्रहरीले उनलाई फरारको सूचीमा राखेको छ । एमालेका अर्का बहालवाला सांसद टोपबहादुर रायमाझी पनि फरार भएका छन् ।

    नक्कली शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    त्यसलगत्तै उनी सम्पर्कविहीन भएका छन् । शुक्रबार (आज) साँझसम्म उनी प्रहरीको सम्पर्कमा नआए उनलाई फरार सूचीमा राख्ने भएको छ । आफ्ना दुई सांसद फरार सूचीमा परेपछि केपी ओली तनावमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १५ २०७७०६:५४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend