आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फरार भएका टोपबहादुर अझै भेटिएनन्

फरार भएका टोपबहादुर अझै भेटिएनन्

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २२ २०८०

  • 5.7K
    SHARES

  • फरार भएका टोपबहादुर अझै भेटिएनन्

    काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम भन्दै असुली गरेको गिरोहसँग साँठगाँठ देखिएपछि पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले प्रहरीको खोजी सूचीमा छन् ।

    बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरे उनीसँगै थिए ।

    राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । त्यहीबेला उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गरेका थिए । स्रोतका अनुसार महानिरीक्षक कुँवरसँग सम्पर्क गरेका उनले आफूविरुद्ध पक्राउ पूर्जी जारी भए–नभएकोबारे सोधेका थिए । त्यसयता उनी सम्पर्कमा छैनन्। प्रहरीले उनलाई खोजिरहेको छ। 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १५ २०७७०६:५४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend