काठमाडौं- नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी कार्कीका अनुसार प्रहरीले उनको खोजी गरिरहेको छ । हालसम्म रायमाझी पक्राउ परेका छैनन् । केही प्रहरी अधिकृतहरुले उनले आफू कार्यालयमा हाजिर हुने भन्दै पक्राउ नगरिदिन आग्रह गरेको बताएका छन् । तर, काठमाडौं प्रहरी प्रमुख कार्कीले आफूलाई त्यस्तो कुनै फोन नआएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।