काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
काठमाडौं आउँदै गरेको अवस्थामा बिहीबार बिहान उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दीपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वमन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो ।
सचिव टेकनारायण पाण्डेको बयानका आधारमा रायमाझीका बाबुछोरा पनि संलग्न रहेको आरोपमा दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । अहिलेसम्म प्रहरीले यो प्रकरणमा नौजनालाई पक्राउ गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।