आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

उपेन्द्रले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमा दाबी गरेपछि अर्को लफडा

उपेन्द्रले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमा दाबी गरेपछि अर्को लफडा

  • मिडिया डबली
  • मंगलवार, बैशाख १९ २०८०

  • 5.1K
    SHARES

  • उपेन्द्रले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमा दाबी गरेपछि अर्को लफडा

    काठमाडौं - अनेक तिकडम गरेर संसद् छिर्न सफल जसपा अध्यक्ष उपेन्द्र यादवका कारण सरकारमा लफडा हुने देखिएको छ ।

    उपेन्द्रको ध्यान उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालयमा ध्यान गएको छ । स्रोतका अनुसार अहिले उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वास्थ्य मन्त्रालय बार्गेनिङ गरिरहेका छन् ।

    जबकि सो मन्त्रालय कांग्रेसको भागमा परेको छ । कांग्रेसले मन्त्रीको नाम मात्र पठाउन बाँकी छ । यसअघि जसपाले शिक्षा मन्त्रालय पाइसकेको छ । जसपाले शिक्षा र वन मन्त्रालय पाएको थियो । वन मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सामेल हुन खोजिरहेको र उपेन्द्रको मालदार मन्त्रालय चाहनाले फेरि एक लट सरकार विस्तारमा लफडा देखिने भएको छ ।

    ६ महिनाअघि मंसिरमा भएको निर्वाचनमा उनी सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग लज्जास्पद ढंगले पराजित भएका थिए । सबै दलका अध्यक्षले चुनाव जित्दा उपेन्द्र मात्र संसद् छिर्न असफल भएका थिए ।

    तर, वैशाख १० गते भएको निर्वाचनमा उनी जनमत पार्टीकै शिवचन्द्र कुशवाहलाई पाँच हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् ।

    बारा २ बाट विजयी रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपेन्द्रले उपनिर्वाचन जितेका हुन् । उनले यसअघि रामसहायप्रसादलाई संसदीय दलको नेता चयन गरेका थिए ।

    अहिले दलको नेता पद खाली छ । आज (मंगलबार) उपेन्द्रले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

    सांसद पदको शपथ लिएलगत्तै आजै जसपा संसदीय दलको बैठक बसेर उपेन्द्रलाई दलको नेता चुन्ने भएको छ । पछि आफैं सांसद निर्वाचित भएर दलको नेता बन्नकै लागि उपेन्द्रले अशोक राईलाई दलको नेता बन्नबाट रोकेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend