काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त भएका छन्। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आचार्यलाई सोमबार प्रतिष्ठानको निर्देशक नियक्त गरेका हुन्।
‘नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा सिन्धुलीका डा. सुरेश आचार्यलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय छन् । उनले कांग्रेसका विभिन्न समितिहरुमा रहेर काम गरिसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।