आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपनिर्वाचनको परिणाम बारे शेखरले दिए यस्तो अभिव्यक्ति

उपनिर्वाचनको परिणाम बारे शेखरले दिए यस्तो अभिव्यक्ति

  • मिडिया डबली
  • मंगलवार, बैशाख १२ २०८०

  • 3.4K
    SHARES

  • उपनिर्वाचनको परिणाम बारे शेखरले दिए यस्तो अभिव्यक्ति

    विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिएर अघि बढ्न सन्देश दिएको बताएका छन् । 

    विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको छ । युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको हो ।’

    कोइरालाले उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी भन्दै अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह, वडा र टोलसम्म संगठन गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने र हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको स्पष्ट गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १५ २०७९०८:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend