बारा– बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।