काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको पहलमा ओखलढुंगाले एक थान प्रोटेबल अग्नि नियन्त्रक पाएको छ ।
गृह मन्त्रालयअन्तर्गतको अग्नि नियन्त्रण तथा विपद व्यवस्थापन शाखाले ओखलढुंगालाई प्रोटेबल उपलब्ध गराएको हो । प्रोटेबल नियन्त्रक खासगरी बाटो नहुने ठाउँहरुमा जंगलमा लागेको आगलागीको अति उपयोगी हुनेछ ।
५३ केजीको प्रोटेबल अग्नि नियन्त्रकलाई दुईजनाले बोक्न मिल्ने खालको रहेको सांसद खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
ओखलढुंगामा आगलागीको अवस्थामा प्रयोग गर्ने गरी २४ सै घण्टा सिद्धिचरण नगरपालिकामा रहने गरी प्रोटेबल अग्नि नियन्त्रक रहने राईको भनाइ छ ।
बर्खायाममा वनजंगलमा डढेंलो धेरै लाग्ने भएकाले सांसद खतिवडाले प्रोटेबल अग्नि नियन्त्रक जिल्लामा लगेका हुन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।