आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रास्वपाका सांसद श्रेष्ठको आपत्तिजनक बोली– डा. केसी कहिले मर्छ?

रास्वपाका सांसद श्रेष्ठको आपत्तिजनक बोली– डा. केसी कहिले मर्छ?

  • मिडिया डबली
  • आइतवार, चैत्र २६ २०७९

  • 5.7K
    SHARES

  • रास्वपाका सांसद श्रेष्ठको आपत्तिजनक बोली– डा. केसी कहिले मर्छ?

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले डा. गोविन्द केसीका विषयमा अपशब्द बोलेका छन्।

    सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएको छ। जसमा उनले डा. केसीका विषयमा अपशब्द बोलेको सुनिन्छ।

    व्यवसायी प्रसाईंले डा. केसीको कारण बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाएको जिकिर गरेका छन्। सम्बन्धन नपाउँदा आफूलाई ठूलो घाटा लागेको सुनाएका छन्।

    प्रसाईंले भनेका छन्, ‘सबै भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख जनसंख्या छ। म त डुबेको छु। म त मर्न मात्र बाँकी छ।

    त्यसको जवाफमा सांसद श्रेष्ठले भनेका छन्, ‘यो दिक्क लाग्छ कि गोविन्द केसी देखेर। कहिले मर्छ जस्तो लाग्छ मलाई त। एमडी पढ्न नपाएको पनि तिनले गर्दा हो।’

    डा। केसीको सत्याग्रहपछि सरकारी मेडिकल कलेजमा निःशुल्क एमडी बढाउने व्यवस्था गरेको छ। एमडीका लागि सीमित संख्या तोकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २८ २०७९०८:०४:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend