काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठले साढे २ करोडको डिल भएको अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। पार्टीको अनुशासन समितिले लिएको बयानमा अडियोमा सुनिएको आवज आफ्नो नभएको दाबी उनले गरेका हुन्।
उनले दुर्गा प्रसाईलाई नचिनेको र उनीसँग फोन संवादसमेत नगरेकोसमेत जिकिर गरेका छन् । समितिले अडियोसम्बन्धी प्रतिवेदन तयार पारेको छ ।
‘उहाँले अडियोमा सुनिएको आवज आफ्नो नभएको जिकिर गर्नुभएको छ, तर हामीले उहाँको बयानमा मात्रै आधारित नभएर अन्य कुरा पनि हेरेर प्रतिवेदन तयार पारेका छौं, केही बेरमा सभापति (रवि लामिछाने)लाई बुझाउँछौं,’ उनले भने।
सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि बुझाउनुपर्ने भन्दै साढे २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।