आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जनताले ओलीलाई ज्ञानेन्द्रकै हालतमा लगिदिने डा.केसीको चेतावनी

जनताले ओलीलाई ज्ञानेन्द्रकै हालतमा लगिदिने डा.केसीको चेतावनी

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 4.7K
    SHARES

  • जनताले ओलीलाई ज्ञानेन्द्रकै हालतमा लगिदिने डा.केसीको चेतावनी

    काठमाडौं - डा. गोविन्द केसीले कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो नबिर्सन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्।

    डा.केसीले आइतबार विज्ञप्ति जारी गरी ओलीको कदमको विरोध गरेका हुन् । उनले यो देश प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति नभएको बताएका छन् ।

    देशमा सर्वसुलभ चिकित्सा शिक्षाको माग गर्दै पटकपटक अनशन बसेका केसीले संसद् भंगविरुद्ध गम्भीर आपत्ति जनाउँदै आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना गरेका हुन् ।

    ‘हालै प्रधानमन्त्री केपी ओलीले गरेको अवैध तथा अनधिकृत संसद् विघटनको प्रयासप्रति हाम्रो घोर आपत्ति , स्मरण रहोस्, यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति है,’ उनले भनेका छन् ।

    विधिको शासन स्थापनाका लागि आफूहरूले लामो समयदेखि प्रधानमन्त्री केपी ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गरिरहेको उल्लेख गर्दै केसीले संविधान नै सर्वोपरि भएको बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २६ २०७९०८:००:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend