काठमाडाैं - ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नयाँ वर्ष २०८० साललाई लक्षित गरेर ‘टिसिएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले यो अफर चैत्र १४ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने छन् ।
ग्राहकले टिसिएलका कुनै पनि सामानको खरिदमा नगद ६१ हजार ३०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् भने वाशिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पनि पाउन सक्ने कम्पनीको दाबी छ ।
त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै ४ हजार रूपैयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन्। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।