सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

बारा–२ को उपनिर्वाचन रोचक मोडमा, उपेन्द्रलाई हराउन जनमतले कुशवाहालाई भित्र्याउँदै

बारा–२ को उपनिर्वाचन रोचक मोडमा, उपेन्द्रलाई हराउन जनमतले कुशवाहालाई भित्र्याउँदै

  • मिडिया डबली
  • बुधवार, चैत्र १५ २०७९


  • बारा–२ को उपनिर्वाचन रोचक मोडमा, उपेन्द्रलाई हराउन जनमतले कुशवाहालाई भित्र्याउँदै

    काठमाडौं– बारा–२ मा हुन लागेको उपनिर्वाचन रोचक मोडमा पुगेको छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरु उम्मेदवार चयन गर्ने कसरतमा छन्। यो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लड्ने लगभग निश्चित छ। तर, उनलाई सिके राउत नेतृत्वको जनमत पार्टीले रोक्ने योजना बनाएको छ।

    रोचक त के छ भने अहिले जसपा र जनमत पार्टी १० दलीय सत्ता गठबन्धनमासँगै छन्। जसपाले उपेन्द्र सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने दाबी गरिरहँदा जनमत पार्टीले भने बलियो उम्मेदवारको खोजी सुरु गरेको छ। उपेन्द्रलाई टक्कर दिन जनमतले पूर्वमन्त्री समेत रहेका माओवादी नेता शिवचन्द्र कुशवाहा (जमिन)लाई स्वागत गर्ने तयारी गरेको छ।

    images
    images

    जनमत पार्टी निकट स्रोतका अनुसार कुशवाहा पार्टी प्रवेश गर्ने निश्चित भएको छ। केही दिन अघि मात्रै बारा–२ मा जनमत पार्टीका अध्यक्ष राउतले यादवलाई ‘फिरंगी’को सज्ञा दिँदै पराजित गरेरै छाड्ने दाबी गरेका थिए।

    गत मंसीर ४ गते भएको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा जसपालका रामसहायप्रसाद यादव  निर्वाचित भएका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यो निर्वाचन क्षेत्र रिक्त बनेको थियो। जनमतले भित्र्याउन लागेका कुशवाहा तिनै नेता हुन्, जो गत निर्वाचनमा सामसहायसँग झिनो मतले पराजित भएका थिए।

    जसपाका यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend