सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images
राजनीतिक बिशेष

पूर्णबहादुर खड्का साढे दुई वर्षे अर्थमन्त्री

पूर्णबहादुर खड्का साढे दुई वर्षे अर्थमन्त्री

  • मिडिया डबली
  • आइतवार, चैत्र १२ २०७९


  • पूर्णबहादुर खड्का साढे दुई वर्षे अर्थमन्त्री

    काठमाडौं - नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा नेतृत्व गर्ने मोटामोटी सहमति जुटेको छ ।

    तर बाहिर भने सार्वजनिक गरिएको छैन । आइतबार बस्ने १० दलको बैठकमा मन्त्रालय भागबन्डा जुटेमा मात्र कांग्रेसले सरकारमा नेतृत्व गर्ने नेताको नाम सार्वजनिक गर्ने भएको छ ।

    images
    images

    कांग्रेसमा खड्का, प्रकाशमान सिंह र डा.शेखर कोइरालामध्ये एकले पार्टीको नेतृत्व गर्ने चर्चा चलेको छ । शनिबार राति पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उपसभापति खड्काकै नेतृत्वमा सरकारमा पठाउने सैद्धान्तिक सहमति जुटेको नेताहरूले दाबी गरेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा पनि उपसभापति खड्काकै नेतृत्वमा सरकारमा पार्टी जानेमा ढुक्क छन् । तर खड्काले पहिले मन्त्री नबन्ने भनेकाले उनलाई नैतिक संकट भने छ ।

    कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ। खड्काले विगतमा नौवटा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

    उनले यसअघि अर्थमन्त्री बन्न चाहेका थिए । तर पाएनन् । यसपटक पार्टीले अर्थ मन्त्रालय पाउने भएपछि कसलाई पठाउने भन्ने विवाद थियो ।

    प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर राणा, विनोद चौधरी अर्थमन्त्रीका आकांक्षी थिए । महामन्त्री गगन थापा पनि अर्थमन्त्री बन्ने भन्ने बजारमा चर्चा थियो । तर उनले आफू नबन्ने स्पष्ट पारिसकेका छन् ।

    पार्टी अर्थ मन्त्रालय चलाउने कुशल नेतृत्वको खोजी गर्दागर्दै खड्कालाई पठाउने सहमति जुटेको बुझिएको छ । खड्का अहिले पार्टी उपसभापति छन् ।

    पार्टीको डिफ्याक्टो सभापतिसमेत उनलाई नै भन्ने गरिन्छ । एमालेसँग मिलेर प्रधानमन्त्री भइसकेका प्रचण्डलाई नयाँ राजनीतिक कोर्षमा ल्याउन खड्काकै मुख्य भूमिका रहेको सबैले बुझेका छन् ।

    प्रचण्डले पनि नयाँ समीकरण बनाउने नेतालाई नै कांग्रेसबाट सहयोगी पाउने सम्भावना छ । खड्का अर्थमन्त्री नबन्दा फेरि माओवादीका जनार्दन शर्माले चान्स पाउने भएकाले पनि कांग्रेसले उनलाई अघि सारेको बताइन्छ ।

    प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री बन्दै छन् । प्रचण्ड सरकार रहेसम्म खड्का पनि अर्थमन्त्री बन्ने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०६:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend