आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सहज छैन बारा २ बाट उपेन्द्रलाई, सिके राउतले थाले नयाँ रणनीति

सहज छैन बारा २ बाट उपेन्द्रलाई, सिके राउतले थाले नयाँ रणनीति

  • मिडिया डबली
  • बिहिवार, चैत्र ९ २०७९

  • 3.1K
    SHARES

  • सहज छैन बारा २ बाट उपेन्द्रलाई, सिके राउतले थाले नयाँ रणनीति

    काठमाडौं- बारा २ बाट जितेका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका जसपा अध्यक्ष उपेन्द्र यादव संसद् छिर्ने दाउमा लागेका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ बाट उम्मेदवारी दिने तयारीमा उपेन्द्र लागेका छन् । तर चुनाव न हो उनी ढुक्क भने हुन सकेका छैनन् । त्यही कारण अहिले जसपाले बारा २ मा गठबन्धनको साझा उम्मेदवार हुनुपर्ने र सबैले जसपालाई समर्थन गर्नुपर्ने माग अघि सारेको छ ।

    जसपाको यस्तो मागमा दश दलीय गठबन्धनमा रहेका सिके राउत नेतृत्वको जनमत पार्टी, लोसपा, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएका छन् । उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै यी तीनवटै दलले मिलेर जाने रणनीति बनाएका छन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी २ बाट उपेन्द्रलाई लज्जास्पद ढंगले हराएका सिके राउतले बारा २ मा पनि पनि उपेन्द्र यादवलाई जसरी पनि हराउने राउत रणनीतिमा लागेका छन् । सोही कारण राउत अहिले बारामै खटिएका छन् ।

    राउतले यादवलाई फिरंगीको संज्ञा दिएका छन् । ‘अब बारा जिल्लावासीका वीरहरुको लागि चुनैती थपिएको छ, अब फिरंगी उम्मेदवारलाई यहाँबाट हराएर पठाउनुपर्छ,’ राउतले बुधबार कलैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने । कार्यक्रममा हजारौंको उपस्थिति थियो । राउत बारा आएपछि अहिले मुठभेडको संकेत देखिएको छ । यादव र राउतका कार्यकर्ता एकअर्काप्रति खनिने अवस्थामा आएको छ । 

    सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर बारा २ मा उठ्ने उपेन्द्रको दाउ छ । तर जनमत, लोसपा र रास्वपा आपसमा मिलेर लडे भने उपेन्द्रलाई जित्न निकै कठिन हुने देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा जसपाका यादव साढे तीन सय मतान्तरले विजयी भएका थिए । उनलाई माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहाले कडा चुनौती दिएका थिए । जसपाकै बागी उम्मेदवारले १२ हजार र लोसपाका उम्मेदवारले १० हजारभन्दा बढी मत ल्याएकाले उपेन्द्र बारा २ मा पनि सुरक्षित नहुने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend