काठमाडौं- राप्रपाका शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले पूर्वराजालाई भेटेका हुन् । मिश्रले भने पूर्वराजालाई भेट्दै आएका छन् ।
पछिल्लो समय राप्रपासँग पूर्वराजा शाह असन्तुष्ट रहेको समाचार आइरहेका बेला झापाकाे दमक पुगेर राप्रपाका शीर्ष नेताले पूर्वराजासँग भेटवार्ता गरेका छन् ।
निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा गएको भन्दै पूर्वराजा शाह असन्तुष्ट बनेका थिए । सोही कारण उनी दुर्गा प्रसाईको अभियानमा सरिक भएको बताइएको छ । तर प्रसाईको स्वार्थ पूर्वराजपरिवारलाई प्रयोग गरेर बैंकको साढे पाँच अर्ब ऋण नतिर्ने बुझेपछि पूर्वराजा शाहले प्रसाईलाई छाडेको स्रोतले बतायो । प्रसाईसमेत अहिले पूर्वराजासँग रिसएका छन् ।
राप्रपाले हिन्दु राष्ट्र पुनः स्थापना, संवैधानिक राजतन्त्र स्थापनालगायतको एजेन्डा लिएर संसदमै बोल्दै आएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन बहिष्कार गरेपछि पूर्वराजा शाहले राप्रपासँग सम्बन्ध सुधार गरेको स्रोतले बतायो । पूर्वराजासँग के के विषयमा कुराकानी भएकाे हाे भन्ने बाहिरिएकाे छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।