पञ्जिम– प्रहरी महानिर्देशक (डीजीपी) जसपाल सिंहले जी२० सुरक्षा समन्वय समिति गठन गरेका छन्। उक्त समितिकोको अध्यक्षता प्रहरी महानर्देशक ओम्बिर सिंह बिश्नोईले गर्नेछन्।
सबै समितिका सदस्यहरूको बैठक शनिबार सम्पन्न भयो जसमा डीजीपी, उत्तर गोवा र दक्षिण गोवाका कलेक्टरहरू, पुलिस अधीक्षकहरू उत्तर र दक्षिण गोवा, ट्राफिक एटीएस विशेष शाखा र गोवाका विभिन्न विभागहरूका प्रतिनिधिहरू थिए।
राज्यले अर्को महिना जी२० बैठक आयोजना गर्ने बेलाका लागि विभिन्न सुरक्षा निकाय र विभागहरू बीच उचित समन्वय सुनिश्चित गर्ने निर्णय भएको बताइएको छ।
पर्यटन, स्वास्थ्य, दिगोपना लक्ष्यलगायतका प्रमुख क्षेत्रहरूमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको भ्रमणका साथै जी–२० शिखर सम्मेलनका कम्तीमा पनि आठ बैठक पञ्जिममा हुने भएका छन् भने प्रतिनिधिहरूले राज्यका विभिन्न भागको भ्रमण गर्ने सम्भावना छ। तिनीहरूको बसाइको समयमा आवश्यक सुरक्षाका लागि प्रहरी परिचालन र सुरक्षा समन्वयका लागि उचित प्रबन्ध मिलाइएको बताइएको छ।
जी२० शिखर सम्मेलनको पहिलो कार्यक्रम अप्रिल २०२३ मा गोवामा हुने तय गरिएको छ। जसमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रीस, इटालीलगायत ठूला औद्योगिक र विकासशील राष्ट्रहरूको अन्तर्राष्ट्रिय समूहका प्रमुखहरू सहभागी हुनेछन्। जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका र युरोपियन युनियन सबै सहभागी हुने भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।