आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामसहायले सांसदबाट राजीनामा दिएपछि जसपामा को होला दलको नेता ?

रामसहायले सांसदबाट राजीनामा दिएपछि जसपामा को होला दलको नेता ?

  • मिडिया डबली
  • सोमवार, चैत्र ६ २०७९

  • 3.0K
    SHARES

  • रामसहायले सांसदबाट राजीनामा दिएपछि जसपामा को होला दलको नेता ?

    काठमाडौं- उपराष्ट्रपतिमा निर्वाचित भएसँगै रामसहायप्रसाद यादवले आइतबार सांसद र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । जसपाको दलको नेता, पार्टी महासचिवसहित साधारण सदस्यबाट समेत दिएको राजीनामा अध्यक्ष उपेन्द्र यादवले स्वीकृत गरेका छन् ।

    नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले  आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने जनाइएको छ । यादव चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको थियो।

    रामसहाय जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । यादवसँगै अशोक राई पनि दलको नेताका आकांक्षी थिए । तर, अब जसपाले दलको नेता कसलाई बनाउला भन्ने चासो बढेको छ । उपेन्द्र यादव अहिले सांसद छैनन् । उनी वैशाख १० गते हुने बारा २ को उपनिर्वाचनबाट चुनिएर संसद् छिर्ने दाउमा छन् । त्यसबेलासम्म उनी कसैलाई दलको नेता बनाउने पक्षमा छैनन् । तर अशोक राईलगायतका सांसदहरू भने तत्काल दलको नेता चुन्नुपर्ने पक्षमा देखिएका छन् । यो विषयले पनि केही दिनमै जसपामा रडाको मच्चिने अवस्था छ ।

    जसपामा उपेन्द्र पक्षका सांसदहरू बहुमत अवस्थामा छन् । उपनिर्वाचन हुन अझै एक महिना बाँकी छ । प्रतिनिधिसभा बैठक चालू भएकाले दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक चयन गर्नुपर्ने अवस्था जसपामा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend