आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वस्वीकार्य राष्ट्रपति नबनीकनै विद्यादेवी भण्डारी साढे सात वर्षपछि घर फर्किंदै

सर्वस्वीकार्य राष्ट्रपति नबनीकनै विद्यादेवी भण्डारी साढे सात वर्षपछि घर फर्किंदै

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २८ २०७९

  • 6.2K
    SHARES

  • सर्वस्वीकार्य राष्ट्रपति नबनीकनै विद्यादेवी भण्डारी साढे सात वर्षपछि घर फर्किंदै

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। दोस्रो कार्यकाल गरी साढे सात वर्ष शीतल निवासमा बसेकी भण्डारीको आइतबार रातिबाट सेवानिवृत्त हुँदैछिन् । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि अर्को कार्यकालका लागि २०७४ फागुन २९ गते निर्वाचित भइन्। 

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पदभार ग्रहण गर्ने भएपछि राष्ट्रपति भण्डारी आइतबार नै निजी निवासमा सर्ने तयारी गरेकी हुन्। भण्डारी बुढानिलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्नेछिन्। उनको निवासलाई सरकारले मर्मतसम्भार गरेर तयार पारिदिएको छ। सरकारले तीन करोडभन्दा बढी लगानी गरेर भण्डारीका लागि आवासको व्यवस्था बनाइदिएको छ ।

    साढे सात वर्षसम्म शीतल निवासमा बस्दा पनि भण्डारी सर्वस्वीकार्य राष्ट्रपति बन्न सकिनन् । सधैं उनी एमालेभित्र पनि केपी ओली गुटको मात्र राष्ट्रपति बनेको जनआवाज छ । कतिसम्म ओली गुटबाहेकका एमाले कार्यकर्ताले शीतल निवासमा ढिम्किनसमेत पाएनन् । अन्य दलका नेता कार्यकर्ताले त चान्स पाउने कुरै भएन । एमाले नेतृत्वको सरकार हुँदा एउटा र अन्य दलका नेता प्रधानमन्त्री हुँदा भण्डारीले गर्ने व्यवहारमै आकाश जमिनको फरक देखिएको स्वयं भुक्तभोगी नेताहरूले सार्वजनिक रूपमै टिप्पणी गरेका छन् । भण्डारी राष्ट्रपति हुँदा सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । तर, ओलीबाहेक तीनैजना प्रधानमन्त्री राष्ट्रपति भण्डारीसँग सन्तुष्ट देखिएनन् ।

    भण्डारी धेरै विवादमा परेको भनेको ओली प्रधानमन्त्री हुँदा हो । ओलीले ल्याएका विधेयक राति नै जारी गर्ने गर्थिन् । कतिबेला मन्त्रिपरिषद्ले निर्णय गरेर पठाउला भनेर शीतल निवासको ढोका मध्यरातिसम्म खुलै हुन्थ्यो । तर अन्य दलका प्रधानमन्त्री हुँदा ल्याएका विधेयक भण्डारीले यो वा त्यो बहानामा होल्ड गरेर राखिदिने गरेकी छन् । ओलीले दुई दुईपटक प्रतिनिधिसभा विघटनको प्रस्ताव ल्याउँदा उनले कतै पनि छलफल र परामर्श नगरी सिधै स्वीकृत गरिदिइन् । तर देउवा प्रधानमन्त्री हुँदा ल्याएको नागरिकता विधेयक उनले होल्डमै राखिदिइन् । यिनै कारण पनि यसपटक अन्य दल एमालेलाई राष्ट्रपति दिन नहुने निष्कर्षमा पुगेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend