काठमाडौं– राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् ।राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २ सय ६७ र प्रदेशसभाका ३ सय ३६ जना सदस्यले मतदान गरेका छन् । संघीय संसद र प्रदेशसभा सदस्य गरी ८ सय ८३ जना मतदाता रहेका छन् ।
निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।