काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको छ । संघीय संसदका तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी ८८१ जनाको नाम नामावलीमा उल्लेख छ ।
तीन संघीय सांसद (रवि लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङ) को नाम छैन । लामिछानेको सांसद पद खारेज भएको छ । चौधरी पनि केही दिनअघि निलम्बनमा परेका थिए । तर उनलाई राष्ट्रपतिले आममाफी दिइसकेकी छन् । गुरुङ कालोसूचीमा परेकाले उनको सांसद पद निलम्बनमा परेको छ ।
फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम मतदाता सूचीमा छ । महतो सशस्त्र प्रहरी थमन विकको हत्यामा सजाय सुनाइएका फरार अभियुक्त हुन् । तर, प्रहरीको फरार सूचीमा रहे पनि उनको नाम निर्वाचन आयोगले मतदाताको सूचीमा राख्नुलाई अर्थपूर्ण लिइएको छ । अहिले निर्वाचन आयोग एमालेको कब्जामा छ । सोही कारण एमाले सांसद कोइरीको नाम मतदाता सूचीमा राखिएको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।