आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा राष्ट्रपति निर्वाचनमा तठस्थ बसे के हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा राष्ट्रपति निर्वाचनमा तठस्थ बसे के हुन्छ ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २३ २०७९

  • 5.8K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा राष्ट्रपति निर्वाचनमा तठस्थ बसे के हुन्छ ?

    काठमाडौं- राष्ट्रपति निर्वाचनअन्तर्गत मंगलबारबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनको ४८ घन्टाअगाडि मौन अवधि लागू भएको हो । निर्वाचनको ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहितामा व्यवस्था छ । 

    भावी राष्ट्रपति निर्वाचनका लागि आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा छन् । मौन अवधिको पूर्वसन्ध्यासम्म संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कसलाई भोट दिने भन्नेबारे अझै टुंगोमा पुग्न सकेका छैनन् ।

    राष्ट्रपति निर्वाचनमा रास्वपाको दुई हजार चार सय ५० र राप्रपाको एक हजार पाँच सय एक मतभार छ । यी दुवै दलका मत सुरक्षित गर्न पौडेल र नेम्वाङले मत दिन आग्रह गरिसकेका छन् । तर, दुवै दलले कसैलाई पनि ठोस वचन दिएका छैनन् । दुवै उम्मेदवारले ती दलका मत आफूलाई आउने आशा राखेका छन् । 

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावको एक दिनअघि आफ्नो पार्टीले कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने निर्णय गर्ने बताइसकेका छन् । उनले अहिलेको अवस्थामा पार्टी तठस्थ बस्न सक्ने संकेत पनि गरेका छन् । राप्रपामा एउटा पक्ष निर्वाचनमा भाग लिन नहुने र लिइहाले पौडेललाई समर्थन गर्नुपर्ने पक्षमा रहेकाले अध्यक्ष लिङ्देन संकटमा परेका छन् । त्यसैले राप्रपा राष्ट्रपतिको निर्वाचनमा तठस्थ बस्न सक्ने धेरै सम्भावना रहेको राप्रपाका एक नेताले बताए । राप्रपाभित्र ‘नो भोट’ वा गठबन्धनका उम्मेदवारलाई मत दिने दुई विकल्पमा छलफल जारी छ । 

    लामिछाने नेतृत्वको रास्वपाले निर्वाचनकै दिन टुंगो लगाउने तयारी गरेको छ । सो पार्टीमा पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भन्ने कि तठस्थ बस्ने भन्ने दुईथरी मत छ । रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले पार्टीमा कसलाई मत दिने भनेर ठोस छलफल नभएको बताएका छन् । उनका अनुसार राष्ट्रपति निर्वाचनको दिन नै छलफल गरेर पार्टीले निर्णय लिने भएको छ । यदि रास्वपा र राप्रपा तठस्थ बसेमा सबैभन्दा ठूलो असर एमालेलाई पुग्नेछ । किनभने कांग्रेसको गठबन्धनमा ३२ हजार मतभार रहेकाले एमालेलाई नै अप्ठेरो हुने देखिन्छ । रास्वपा चाँडै सरकारमा जाने चर्चाले उसले पौडेललाई मत दिने सम्भावना पनि उत्तिकै छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २५ २०७९१०:५५:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend