काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनावअघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताएका छन्।
बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा बोल्दै देउवाले प्रधानमन्त्री प्रचण्ड र नेपालको प्रशंसा गरेका हुन्।
रामचन्द्र पौडेल राष्ट्रपति हुन उपर्युक्त पात्र भएको देउवाले बताएको प्रशिक्षणमा सहभागी जसपा सांसद राजकिशोर यादवले जानकारी दिए।
प्रशिक्षणमा बोल्दै देउवाले पौडेल आफ्ना पुराना साथी भए पनि केही दिएन भन्ने गुनासो सुनिने गरेको बताए। ‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो,’ देउवाले भने,‘अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौं।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।