काठमाडाैं- बालुवाटारमा बसेकाे ८ दलकाे बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेकाे छ।
शुक्रबार साँझ बसेकाे बैठकले राष्ट्रपतिकाे निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेकाे छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लाेसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लागयतका दलले यस्ताे निर्णय गरेकाे कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।
`अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे ८ दलकाे बैठकले राष्ट्रपतिकाे निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गर्याे,´ खड्काले भने।
कांग्रेसले उम्मेद्वार चयनका लागि शनिवार विहान कार्यसम्पादन समितिकाे बैठक बाेलाएकाे छ। शनिवार नै राष्ट्रपति निर्वाचनका लागि मनाेनयन गर्ने कार्यतालिका छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।