आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दुई सल्लाहकारले छोडे राष्ट्रपति भण्डारीको साथ, के हो कारण?

दुई सल्लाहकारले छोडे राष्ट्रपति भण्डारीको साथ, के हो कारण?

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 12.3K
    SHARES

  • दुई सल्लाहकारले छोडे राष्ट्रपति भण्डारीको साथ, के हो कारण?

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका दुईजना सल्लाहकार माधव शर्मा र नेत्रबहादुर थापाले भदौ १ गतेदेखि शीतल निवासबाट बाहिरिएको पत्र भोलि आइतबार बुझ्दैछन् । पहिले पूर्ण कार्यकाल पूरा गरेका सल्लाहकारहरूलाई पछिल्लो पटक दुईवर्षे करार सेवामा राखिएको थियो । भित्री कारण जे(जे भए तापनि साउन मसान्तमा उनीहरूको करार सकिनुअगावै शीतल निवासले म्याद  थप्न अनिच्छा देखाएपछि सल्लाहकारहरू आफ्नो बाटो लागेको स्रोतको दाबी छ ।

    शर्मा र थापा राष्ट्रपति भण्डारीको अघिल्लो कार्यकालमा पनि पूरै अवधि सल्लाहकार थिए । शर्मा सञ्चार र थापा सुरक्षा सल्लाहकारको रूपमा शीतल निवास पुगेका थिए । नेत्र थापा राप्रपा अध्यक्ष कमल थापाका साक्खे दाइ हुन् तर सेनामा भर्ती हुँदा उमेर सच्याउने प्रचलनको कारण सर्टिफिकेटअनुसार उनलाई भाइ मान्नुपर्ने अवस्था छ ।


    यसअघि सभामुखमा अग्नि सापकोटाको चयनप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए । अब शीतल निवासमा लालबाबु यादव र लक्ष्मी कार्की दुईजना मात्र विज्ञ सल्लाहकार बाँकी रहेका छन् । उनीहरूलाई पनि करारमा राखिएको हो । यसबीच शीतल निवासमा कार्यरत अन्य केही कर्मचारी पनि छँटनीमा पर्न लागेका छन् । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन १८ २०७७०५:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend