काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको जोखिम कम नभएको बताएकी छन् । सरकारले जनजीवन सहज पार्नका लागि मात्र लकडाउनको अन्त्य गरेको भन्दै स्वास्थ्य नियम पालना गर्न राष्ट्रपति भण्डारीले अनुरोध गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बुधबार ट्विट गर्दै लेखेकी छन्, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । कोरोना महामारीको जोखिम टरिसकेको छैन’ ‘तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’
सरकारले नेपालमा विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमणबाट जोगाउन गत ११ चैतबाट मुलुकलाई लकडाउनको घोषणा गरेको थियो । सो लकडाउन ६ साउन राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।