काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा निकटका पत्रकारलाई शितलनिवासमा बोलाएर भलाकुसारी गरेकी छन । नेकपा निकट मिडियाका प्रधान सम्पादकहरुसँग निकै नै अनौपचारीक रुपमा खुलस्त कुरा गरेको जनआस्थाका सम्पादक किशोर श्रेष्ठले फेशबुकमार्फत जानकारी गराएका छन् ।
राष्ट्रपतीले नेकपा निकट सञ्चार माध्यमका प्रधान सम्पादकहरुलाई बोलाएर अनौपचारिक कुार गरेकी हुन् । जसमा साँघु साप्ताहिकका सम्पादक गोपाल थपलिया, एवीसी टेलिभिजनका अध्यक्ष तथा प्रधान सम्पादक शुभ शंकर कडेल,न्युनतम पारिश्रमीक निर्धारण समितीका अध्यक्ष तथा प्रेश चौतारीका पुर्व अध्यक्ष राजेन्द्र अर्याल थाहा खबरका प्रधान सम्पादक तिर्थ कोइराला तथा अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी लगायत रहेका छन्।
नेकपा विवाद र राष्ट्रपती विद्यादेवि भण्डारीको भुमिकाको चौतर्फि आलोचना भैरहेका बेला राष्ट्रपतिले पुर्ब एमाले निकट सम्पादकसँग भलाकुसारी गरेकी हुन ।
सो भेटमा पूर्व माओवादी तर्फका शुभशंकर कण्डेल मात्र उपस्थीत रहेका थिए । राष्ट्रपतिले सञ्चारमाध्यमका सम्पादक एवं पत्रकारहरुसँग भेटवार्ता गर्नुको विषय खुलाइएको छैन् ।
आफ्नो पछिल्लो भुमिकाको विवादमा फसेका बेला राष्ट्रपतिले पूर्व एमाले र प्रधानमन्त्री केपी ओलीपक्षका पत्रकारहरुलाई मात्रै बोलाएर भेटघाट गर्नु भनेको विग्रेको छवि सञ्चारमाध्यमबाट सुधार्न खोजिएको रुपमा हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।