शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

एउटा सांसद पदमा अड्केको रामचन्द्रको भाग्य

एउटा सांसद पदमा अड्केको रामचन्द्रको भाग्य

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ११ २०७९

  • 10.2K
    SHARES

  • एउटा सांसद पदमा अड्केको रामचन्द्रको भाग्य

    काठमाडौं - नेपाली कांग्रेसले सम्भवतः बिहीबार साँझसम्म राष्ट्रपतिको उम्मेदवारको नाम टुंगो लगाउने छ ।

    राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दैछ । सोही बैठकमा कसलाई राष्ट्रपनि बनाउने भन्ने विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपतिका लागि चर्चामा छ । सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिमा पौडेल र सिटौलाको नाम दिएका छन् ।

    सिटौला प्रचण्डको इन्ट्रेस्टमा आएको नाम हो । अहिले कांग्रेसमा पौडेलभन्दा सिटौलाकै नाम बलियो बन्दै गएको छ । बुधबारसम्म पौडेल राष्ट्रपतिमा बलिया उम्मेदवार थिए । तर एकाएक राजनीति सिटौलाको पक्षमा ढल्केको छ ।

    कांग्रेस सभापति देउवा पनि पौडेलभन्दा सिटौलाकै पक्षमा देखिएको बताउन थालिएको छ । पौडेल तनहुँ २ बाट निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा उनी एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । यसपटक एकीकृत समाजवादीमा रहेका श्रेष्ठलाई बारा ४ मा पठाएर पौडेल चुनाव जित्न सफल भएका हुन् ।

    संसदमा एउटा सिट पनि निकै महत्वपूर्ण हुन्छ । प्रचण्डले चार वर्षपछि चुनावी सरकार कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति हुँदैछ । त्यसबेला विश्वासको मत चाहिँदा पौडेलको मत पनि महत्वपूर्ण हुने देउवाको ठम्याइँ छ ।

    हुन त पौडेल राष्ट्रपति बनेर गएपछि तनहुँ २ मा उपनिर्वाचन गराउन सकिन्छ । तर चुनावमा जित्ने कुनै ग्यारेन्टी कांग्रेसको हुन्न । एमाले पनि त्यत्तिकै बलियो छ । एमालेको गठबन्धन बलियो बन्ने अवस्था छ । एमालेलाई रास्वपा र राप्रपाको बलियो साथ छ ।

    त्यही भएर एक भोटकै लागि भए पनि पौडेल अहिले राष्ट्रपति नबन्न पनि सक्ने सम्भावना उत्तिकै छ । तर राजनीति हो यही हुन्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ । एमालेले उठाउन सक्ने राष्ट्रपतिको उम्मेदवारबारे पनि कांग्रेस र माओवादी केन्द्र उत्तिकै सचेत छन् ।

    एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिमा समर्थन गरेर कांग्रेस र माओवादीलाई नैतिक संकटमा पार्ने सम्भावना पनि प्रबल नै छ । तर देउवा र प्रचण्ड दुवै माधवलाई राष्ट्रपतिमा समर्थन गर्ने पक्षमा छैनन् । माधव मन नपरेर उनीहरूले समर्थन गर्न संकोच मानेका भने होइनन् ।

    माधवलाई यो भूमिका दिँदा भविष्यमा एमालेले लाभ लिनसक्ने चिन्ताले उनीहरू अहिले नै संशकित बनेका हुन् । माधवलाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादी पार्टी नै एमालेमा विलय हुने र त्यसले ओली थप बलियो बनेर जुनसुकै बेला हस्तक्षेपकारी भूमिकामा आउन सक्ने सम्भावना छ ।

    यही भयका कारण जुनसुकै हालतमा माधवलाई रोक्ने देउवा र प्रचण्डको तयारी छ । यसका लागि माधवलाई एक वर्ष सरकारको नेतृत्व दिएर भए पनि राष्ट्रपतिमा रोक्ने प्रचण्ड(देउवाको रणनीति रहेको बताइन्छ ।

    देउवाले पनि नेपाललाई राष्ट्रपतिमा नजान सुझाव दिएका छन् । राष्ट्रपतिमा जाँदा भर्खरै निर्माण गरेको पार्टीको भविष्य संकटमा पर्ने भएकाले सक्रिय राजनीतिमा रहनु नै उपयुक्त हुने देउवाको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ४ २०७९१०:२०:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend