सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रोटीको मूल्य बढाउन माग गर्दै स्वाबीमा नानबाईद्वारा हड्ताल

रोटीको मूल्य बढाउन माग गर्दै स्वाबीमा नानबाईद्वारा हड्ताल

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ९ २०७९

  • 2.1K
    SHARES

  • रोटीको मूल्य बढाउन माग गर्दै स्वाबीमा नानबाईद्वारा हड्ताल

    इस्लामावाद - पछिल्लो तीन दिनमा २० केजी पिठोको झोलाको मूल्य ५ सय रुपैयाँले बढेपछि नानबाईले मङ्गलबार तन्दुर बन्द गरी रोटीको मूल्य तत्काल बढाउन माग गरेका छन् ।

    तन्दुर मालिकहरूले स्वाबी शहरमा बन्द हडताल सुरु गरे र जिल्ला प्रशासनले उनीहरूको माग स्वीकार नगरेसम्म रोटी पकाउने र बेच्‍ने काम रोक्‍ने चेतावनी दिएका छन्। पिठोको मूल्य बढेका कारण आर्थिक नोक्सानी व्यहोर्नुपरेको भन्दै अहिले २० रुपैयाँमा बिक्री भइरहेको १७० ग्राम रोटीको मूल्य १० रुपैयाँ बढाउन उनीहरूलेमाग गरेका छन् ।

    अहिलेको अवस्थाले रोटीको मूल्य बढाउन बाध्य भएको उनीहरुको भनाइ छ। तर, रोटीको भाउ प्रति रोटी २० रुपैयाँ तोकिएको र थप बृद्धि नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उनीहरूले तोकिएको मूल्यभन्दा बढी मूल्यमा रोटी बिक्री गर्नेलाई कारबाही गरिने पनि चेतावनी दिइएको छ।

    यसबारे थप उपायुक्त गोहर अलीसँग सम्पर्क गर्दा बजारमा पिठोलगायतका उपभोग्य वस्तुको मूल्यमा उतारचढाव जारी रहेको र अहिले उपभोक्तालाई बोझ पर्ने भएकाले रोटीको मूल्य बढाउन नमिल्ने बताए। एक प्रश्नको जवाफमा उनले रोटीको मूल्य बढाउने अधिकार जिल्ला मूल्य पुनरावलोकन समितिलाई रहेको बताएका छन्।

    टोपी र रजार क्षेत्रका तन्दुर व्यवसायीले पनि जिल्ला तन्दुर व्यवसायीको मागलाई समर्थन गरेका छन् । यसैबीच, छोटा लाहोर तहसीलका विभिन्न क्षेत्रका मानिसहरूले पिठो र अन्य अत्यावश्यक वस्तुको मूल्यवृद्धिको विरोधमा यार हुसेन सडक अवरुद्ध गरेका छन्।

    आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयले ठोस कदम नचालेसम्म सडक नखुल्ने चेतावनी दिएका छन् । पछि स्थानीय अधिकारीहरुले उनीहरुको माग सम्वन्धित निकायमा पुर्याइने आश्वासन दिएका थिए । यस आश्वासनपछि आन्दोलनकारी शान्तिपूर्ण रुपमा तितरबितर भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ९ २०७९११:४२:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend