आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकार ढाल्ने प्रयास भइरहेको भन्ने ओली अभिव्यक्तिले नयाँ तरंग, पुरानो गठबन्धन ब्यूँतने

सरकार ढाल्ने प्रयास भइरहेको भन्ने ओली अभिव्यक्तिले नयाँ तरंग, पुरानो गठबन्धन ब्यूँतने

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १ २०७९

  • 5.0K
    SHARES

  • सरकार ढाल्ने प्रयास भइरहेको भन्ने ओली अभिव्यक्तिले नयाँ तरंग, पुरानो गठबन्धन ब्यूँतने

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेपछि एमाले सशंकित बनेको छ । नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमै राष्ट्रपति छानिने प्रतिबद्धता जनाएपछि एमाले अध्यक्ष केपी ओली भाउन्न भएका हुन् । सोही कारण उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ओलीले खुलेर प्रचण्डसँग राष्ट्रपतिको विषय झिक्न सकेका छैनन् ।

    आइतबार बिहान उच्चस्तरीय संयन्त्रको बैठक सकेर झापा पुगेका ओलीले सरकार ढाल्ने प्रयास भइरहेको भन्दै मुख खोले । ओलीको सो अभिव्यक्तिलाई धेरैले अहिलेको गठबन्धन भत्काएर पुरानै गठबन्धन बनाउने प्रयास भइरहेको धेरैको बुझाई छ । सत्तारुढ दलमा देखिएका विवादले नेपालको राजनीति त्यतैतिर उन्मुख भइरहेको विश्लेषण गर्न थालिएको छ । 

    प्रधानमन्त्री प्रचण्डले आइतबार पनि सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । माओवादीको बागमती प्रदेश समन्वय समितिको बैठकलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै प्रचण्डले एकताका निम्ति पहल गर्नुपर्ने भएकाले राष्ट्रिय सहमतिका जोड दिँदै आएको स्पष्ट पारे । ‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो । त्यसपछि नयाँ परिस्थिति बन्यो,’ प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नु छ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’ 

    संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले राष्ट्रपतिमा मुख्य दाबी गरेका छन् । तेस्रो ठूलो दल माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइलाई आधार मान्ने हो भने राष्ट्रपति निर्वाचनसम्म राजनीतिमा हेरफेर हुन सक्छ ।

    \प्रधानमन्त्री प्रचण्डसँग बिहीबार राति भेट गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार माधव नेपालसँग संवाद गरे । देउवासँग भेट भएकै दिन नेपालले राष्ट्रपति निर्वाचनमा समीकरण बदलिन सक्ने संकेत मात्र गरेनन्, निर्वाचनमा धेरैको आशा मर्ने बताए । ‘अहिले राष्ट्रपतिको चर्चा छ । हामी नयाँ परिस्थितिमा पुग्दै छौँ । प्रत्येक व्यक्ति म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ, भइहालेँ भन्ने परिरहेको छ,’ नेपालको भनाइ थियो, ‘को–को सेन्टिफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अगाडि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हुँ, धेरै कुरा नभनौँ ।’ एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाइले शीर्ष नेताहरूले भावी राष्ट्रपतिका लागि धेरैलाई आश्वासन बाँडेको संकेत गर्छ । तर, अहिलेसम्म भावी राष्ट्रपतिका लागि कस्तो समीकरण होला भन्ने टुंगो छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९१२:०९:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend