आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड र ओली मिलेर रविलाई उचाले उचाले अनि थेचारे

प्रचण्ड र ओली मिलेर रविलाई उचाले उचाले अनि थेचारे

  • मिडिया डबली
  • आइतवार, माघ २२ २०७९

  • 2.8K
    SHARES

  • प्रचण्ड र ओली मिलेर रविलाई उचाले उचाले अनि थेचारे

    काठमाडौं- सरकारमा रहने कि नरहने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बिहान साढे ११ बजे बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । तर पार्टी बैठक भन्दै रास्वपाले संसद् बैठक नै बहिष्कार गरेको छ । 

    रास्वपा सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयले गठबन्धनमा किचलो भएको छ । नागरिकता विवादमा सांसद पद खारेज भए पनि रवि लामिछाने गृहमन्त्री हुनैपर्ने अडानमा छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच अझै सहमति हुन सकेको छैन । रविलाई गृहमन्त्री दिनभन्दा पनि केपी ओली माओवादीको भागमा गृह मन्त्रालयको बागडोर नपरोस् भन्न चाहन्छन् । सोही कारण अहिलेसम्म यसमा सहमति हुन सकेको छैन ।

    जति जति मन्त्रालयको विषय लम्बिँदै जान्छ, त्यति त्यति रवि लामिछानेको लोकप्रियता ओरालो लाग्छ भन्ने बुझाइमा प्रचण्ड र ओली भने सहमत छन् । सोही कारण यो विषयमा कुरा नमिलेको भन्दै दुवैले विवाद लम्ब्याइरहेको नेताहरूको बुझाई छ । निर्वाचनमा रास्वपाले समानुपातिकमा झन्डै माओवादी केन्द्रकै जति मत ल्याएको छ । कांग्रेस र एमालेको चार चार लाख मत खोसेको छ । सोही कारण रविको स्टारडम नखुम्चाइ अर्को निर्वाचनमा आफ्नो दल ठूलो बनाउन सकिन्न भन्ने ओली र प्रचण्डको विश्लेषण रहेको सत्तारुढ दल निकट एक नेताले बताए ।

    रास्वपा संसदको चौथो ठूलो दल हो । प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने इगोले गर्दा मात्र रविले चान्स पाएका हुन् । नत्र चौथो ठूलो दललाई सत्तामा जानु निकै हतार हुने आमजनताको बुझाई छ । सरकार बनाउने बेला पनि प्रचण्डले बोलाएर रवि लामिछाने गठबन्धनमा सामेल भएका होइनन् । कांग्रेस माओवादी गठबन्धन टुटाउने ओलीकै रणनीतिका कारण मात्र रविले चान्स पाएका हुन् । त्यही भएर अहिले प्रधानमन्त्री प्रचण्ड उनलाई गृह मन्त्रालय दिन तयार नदेखिएको बताइन्छ । मन्त्री बनेको एक महिनामा रवि निकै विवादमा आए । अहिले पनि उनीमाथि दोहोरो राहदानी कसुरमा अनुसन्धान चलिरहेकै छ । 

    स्रोतका अनुसार रविलाई दोहोरो राहदानी कसुरमा प्रचण्ड र ओलीले पनि बचाउन सक्दैनन् । एक दिन न एक दिन उनीमाथि छानबिन भएरै छाड्ने छ । किनभने उनले दोहोरो राहदानी बोकेर विदेश भ्रमण गरेको अध्यागमन विभागले नै पुष्टि गरेको छ । सोही कारण यो पाँच वर्षभित्रमा रविको राजनीतिक करियर सिध्याउने विषयमा भने प्रचण्ड र ओली एकमत रहेको बुझिएको छ । सोही कारण रविको पार्टीलाई अर्को मन्त्रालय दिएर भए पनि अलमल्याएर राख्ने प्रपञ्च चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०९:०७:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend