झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् ।
झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।
ओली घरमै औषधी खाएर आराम गरिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।