आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिष्टहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै, काम कम गर्ने प्रवृत्तिको छ: प्रवक्ता महत

कम्युनिष्टहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै, काम कम गर्ने प्रवृत्तिको छ: प्रवक्ता महत

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 1.9K
    SHARES

  • कम्युनिष्टहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै, काम कम गर्ने प्रवृत्तिको छ: प्रवक्ता महत
    फाइल तस्वीर

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

    सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए।

    उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ।

    ‘देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ’, उनले भने, ‘विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ। त्यसको नेतृत्व कांग्रेसले गर्नेछ।’

    जनता र देशको हित विपरित कार्य सरकारले गरेमा कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ।

    ‘कम्युनिष्ट पार्टी र उनीहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै गर्ने र काम कम गर्ने प्रवृत्तिको छ। त्यस्ता प्रवृत्तिको हामी सधैँ खबरदारी गर्नेछौँ’, उनले भने।

    पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले नुवाकोट भरिपूर्ण रहेकोले त्यसको प्रवर्द्धनको लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १९ २०७७०७:१६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend