आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

चितवन २ ले चाँडै जनप्रतिनिधि पाउने शेखर कोइरालाको घोषणा

चितवन २ ले चाँडै जनप्रतिनिधि पाउने शेखर कोइरालाको घोषणा

  • मिडिया डबली
  • मंगलवार, माघ २४ २०७९

  • 3.5K
    SHARES

  • चितवन २ ले चाँडै जनप्रतिनिधि पाउने शेखर कोइरालाको घोषणा

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चितवन २ ले चाँडै जनप्रतिनिधि पाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनको बागमती प्रदेशस्तरीय भेलालाई चितवनमा सम्बोधन गर्दै कोइरालाले चितवन २ धेरै समयसम्म जनप्रतिनिधिविहीन बन्न नसक्ने उनले बताए । चितवन २ मा नेपाली कांग्रेस उपनिर्वाचनमा जित्ने गरी अहिलेदेखि नै तयारीमा लागेको उनले बताए ।

    चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद सर्वोच्च अदालतले खारेज गरेपछि त्यहाँ सांसद पद रिक्त छ । रवि आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा तीन गुणा बढी मतले विजयी भएका थिए ।

    चितवन २ मा कहिले उपनिर्वाचन गर्ने भन्ने तय भइसकेको छैन । निर्वाचन आयोगले पनि उपनिर्वाचन गर्ने कि नगर्ने भन्ने निर्णय गरिसकेको छैन । उपनिर्वाचन गर्ने कि नगर्ने भन्ने निर्णय सरकारमा निहित हुन्छ । सरकारलाई उपसनिर्वाचन गराउन मन लागे निर्वाचन आयोगलाई आग्रह गर्ने छ । यदि होइन अहिले नगरौं भन्ने लागेमा आयोगले मात्र चाहेर हुँदैन ।

    नागरिकता विवादमा सांसद पद खारेज भएपछि रवि लामिछाने उपनिर्वाचनबाट जितेर आउने मनस्थितिमा छन् । तर दोहोरो राहदानी प्रकरणले उनलाई समस्यामा पार्ने देखिएको छ । चितवन कांग्रेसले भने यसपटक उपनिर्वाचनमा रविलाई हराएर पठाइदिने घोषणा गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend