सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण 

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण 

  • मिडिया डबली
  • बिहिवार, माघ १९ २०७९

  • 2.8K
    SHARES

  • अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण 

    अयोध्या– भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ । जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पुजा गर्दै श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरे। 

    अयोध्यामा निर्माण भईरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो । 
     
    यसरी आयो देवशिला अयोध्या

    गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गर्‍यो । 

    त्यसपछि पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पुर्‍याउँदासम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्‍यो । सोही अनुसार प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।

    म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीबाट १६ र १८ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाई र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला पहिचान गरियो। तीन वटा ढुंगाको उमेर एक हजार वर्ष भन्दा पुरानो भएको अध्ययन गर्न इन्जिनियरिङ अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका भूगर्भविद नवराज न्यौपानेलाई जिम्मेवारी दिइयो । 

    अध्ययन गर्दा एक हजार वर्ष भन्दा पुरानो भएको पाइएपछि सोही ढुंगाको क्षमापूजा सम्पन्न गरेर मुख्यमन्त्री खगराज अधिकारीले जानकी मन्दिरका पिठाधीसलाई हस्तान्तरण गरे। म्याग्दीदेखि अयोध्यासम्म शिला पठाउन सबैभन्दा अग्रसर भएर नेपाली कांग्रेस नेता विमलेन्द्र निधि तथा केही नेता लागेका थिए।

    भारतको अयोध्यामा    राम मन्दिर बन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म नेपालमै भएको भनेर गरेको दाबीले दुईदेशको सम्बन्धमा समस्या देखिएकाले पनि त्यसलाई समाधान गर्न आफूले अग्रसरता लिएको निधिको तर्क गरेको छ  ।  

    शिलालाई धनुषाबाट अयोध्या पुर्‍याई सकेको छ ।भारतको उत्तरप्रदेशस्थित गोरखपुरको प्रसिद्व श्री गोरखनाथ मन्दिर पुर्याई  उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलाको विशेष पूजा गरेका थिए। 

    ayodhya.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १९ २०७९०२:२२:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend