काठमाडौं- कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत पक्राउ परेका छन्।
कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सीईओ बस्नेत पक्राउ परेका हुन्। उनी सहित सहित चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन्।
उनीहरुमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न फर्जी कम्पनी खडा गरेर कम धितोमा ऋण प्रवाह गरेको आरोप परेको थियो।
झन्डै तीन महिनाअगाडि नै यस विषयमा कामना सेवा विकास बैंकले आन्तरिक रुपमा अनुसन्धान गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।